यो ५-७ फिट अग्लो बिरुवा हाँगाहरू निक्लने सेतो फुल्ने उष्ण तथा समशीतोष्ण क्षेत्रमा सर्वत्र पाइन्छ । असुरो कफनाशक, रक्तपित्तनाशक एवम् श्वास-खोकी दममा उत्तम एक दिव्य औषधि हो । स्वस्थकर ठूला पात भएको कालो असुरो पहाडी भूभागमा प्रशस्त पाइन्छ । नपाएमा सानो पात भएको प्रयोग गर्नुपर्छ । डाँठको बोक्रा, फूल, जरा, पातलाई चियामा, चूर्ण, खोटो र गोलो-वटी बनाएर खाइन्छ । हृदय-मुटुको हितकारी, वमन, पहेँलेरोग, टन्सिल, पिनास, उत्तम स्वर बनाउन र सुधार्न प्रयोग गरिन्छ । फोक्सोशोथ र क्षयरोगमा (T.B.) लाभदायक मानिन्छ । मुखका समस्त रोगमा फाइदा गर्दछ । वायुनलीहरूको सङ्कुचन उत्तेजनालाई फैलाउन सफल भएकाले श्वासनली सुन्निएको कुकुर खोकी सन्चो गराउँछ । असुरोको जडको बोका कुनै पनि ज्वरमा राम्रो औषधि हो । यसको सर्वाङ्गको खोटो या ताजा रस रक्तपित्त, रगत छाद्ने, नाथ्री फुट्ने, श्वासरोगमा फाइदा पुऱ्याउँछ । असुरोको पत्ता या पञ्चाङ्ग मिसाई बफाएर मृगौलाको बाह्य भागमा सेक्नुस् । असुरो चूर्ण अथवा लेदो ३-५ ग्राममा एक चम्चा मह घोलेर, मिर्गौला पत्थरीको भयङ्कर शूलमा (Brights illness) चमत्कारिक लाभ पुऱ्याउँछ । साथै ऋतुस्रावलाई नियमित गर्ने, कफज्वर तथा कामज्वरमा अत्यन्त प्रभावशाली काम गर्दछ । यसले शिर दुख्ने, श्वास घटीबढीमा एकदम लाभ पुऱ्याउँछ । असुरो अवलेह बनाएर खाने तरिका : असुरो स्वरस ६४ तोला, सक्खर ३२ तोला, घृत ७ तोला लिएर ताम्र वर्तनमा मधुरो आँचले पकाउँदा गाढा भएपछि उतारी ८ तोला हर्रो या पिपलाको चूर्ण हाल्ने । जब अवलेह ( चटनी) भुइँमा राखेर ठन्डा हुन्छ, तब ३२ तोला मह राखेर घोट्ने, अब सुरक्षित औषधि आधा-एक तोला दिनको तीनपटक खाँदा रक्तपित्त हृदयरोग, श्वासखाँसी, रुघा-पिनासमा बहुत लाभदायक हुन्छ । असुरो भस्म : असुरोको पञ्चाङ्गलाई जलाएर सेतो खरानी भस्म बनाइन्छ । दम-खोकीमा चौथाईदेखि आधाचम्चा दिनको २- ३ पटक दिँदा लाभ गर्छ । असुरो क्षार : भस्मलाई क्षार निकाली ४/४ रतीको मात्रामा खाँदा दम खोकीमा फाइदा गर्दछ । असुरो खोटो : असुरो सुकेकोलाई १ हिस्सा ८ भाग पानी तामाको वर्तनमा पकाएर जब २ भाग रहँदा छान्नुस् र फेरि अग्नि दिएर मन्द पाकमा खोटो पार्नुहोस् । नडढ्दै झिकेर सेलाएपछि समस्त घाउ खटिरा, चर्मरोग, कफ समस्या, पित्तरोग, रक्तस्राव वाथसम्बन्धी इत्यादिमा त्रिदोषशामक काम गर्दछ । २-३ केराउ दानाजति दिनमा ५-७ पटक समस्या बढ्दोमा र रोग कममा २-३ पटक सेवन गर्नुपर्छ । यस्तो खोटोमा असुरोको समभाग धूलो राखेर गोलो वटी पार्नुहोस्, खान र बनाउन सजिलो हुन्छ । २-३ वटी प्रत्येक ३ घण्टामा प्रयोग गर्दा पेटसम्बन्धी घाउ खटिरा, गिर्खा, सुरु-सुरुको क्यान्सरसमेत निको हुन्छन् । असुरो ताजा नित्य क्वाथ/काँढा पकाएर ५-७ पटक खाँदा नाक बन्द भएर शिर दर्द भएको, रुघा, पिनास सन्चो हुन्छ । टाउको झर्लाजस्तो ठन्डामा बेसार मिसाएर असुरो पानी मनतातो पिउनुहोस्, तत्काल फाइदा गर्दछ । असुरो चूर्ण हावामा सुकाएर बनाएको धूलो आधा-एक चम्चा ५-७ पटक खानुहोस् । मानव शरीरमा तत्काल स्वस्थ लाभ गर्ने प्रसिद्ध जडीबुटी औषधिले अधिकपित्त, कमलपित्त, वातपित्त, सारा ज्वरलाई नाश पार्छ । स्थानीय, सस्तो र उपकारी असुरोबाट मानवले लाभ लिनुपर्छ । व्यर्थको रोगी हुनुभन्दा रोगलाई भेदन गर्ने असुरोको गतिशील प्रयोग गरौँ र निरोगी बनौँ ! यसको अर्क १५-२० ग्राम ३-५ पटक पिउने र बाफस्नानले विशेष लाभ पुऱ्याउँछ ।
Asuro, scientifically known as Justicia adhatoda, is a adaptable herb with a excess of medicinal properties. allow's bankrupt low its characteristics, methods of use, and benefits:
Characteristics:
• Asuro is a constant herb that typically grows to a height of 5-7 feet.
• It is characterized by dint of spreading pale flowers.
• This herb is broadly shared and can be found in tropical and moderate regions.
• Varieties of Asuro, such as black Asuro with abundant fit foliage, are plentiful in uneven areas.
way of Use:
• Various parts of the Asuro herb, comprising the stalk bark, flowers, roots, and foliage, are utilized to arrange unlike forms of medication.
• These parts are processed into brew, powder, and balls for consumption.
• Asuro can be consumed in the form of decoctions, powders, or extracts.
• Different preparations like Asuro Awaleh, Asuro Bhasma, Asuro Kshar, and Asuro Khoto are utilized for specific ailments.
Benefits and Uses:
• Asuro is famous for its expectorant properties, making it efficient for conditions like asthma and breathing diseases.
• It acts as a blood choleretic, aiding in the rule of bile discharge.
• The herb is beneficial for diverse conditions comprising core ailments, vomiting, jaundice, tonsillitis, and menstrual irregularities.
• Asuro is particularly helpful in managing breathing conditions like pneumonia and TB.
• It is as well beneficial for oral wellness and can abate symptoms of mouth diseases.
• Asuro is efficient in high temperature management and can supply comfort from conditions like infection and kidney-connected issues.
• Additionally, it aids in the rule of menstrual flow and alleviates headaches and breathing difficulties.
How to Prepare and Consume:
• Asuro Awaleh, a concoction built from Asuro Swaras, sweetener, ghee, and other ingredients, is suggested for consumption.
• Asuro Bhasma, a powdered form of the herb, is advised for asthma and hack comfort.
• Asuro Khoto, a preparation built by dint of cuisine dehydrated Asuro, is beneficial for injured recovery and skin diseases.
• Consuming Asuro in diverse forms such as churna (powder), decoctions, or extracts many occasions a 24 hours yields optimal wellness benefits.
Overall: Asuro is a potent medicinal herb with a broad scope of applications in customary medicine. Its versatility in treating diverse ailments makes it a precious natural cure. normal consumption of Asuro in prescribed forms and dosages can donate to total good-being and wellness maintenance.